शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा फैलिदै कोरोना, संक्रमितको संख्या १६ पुग्यो

गण्डकीमा फैलिदै कोरोना, संक्रमितको संख्या १६ पुग्यो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७७, बिहिबार

पोखरा, १५ जेठ – गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति नवलपुर जिल्लाको देवचुली नगरपालिका-१ का बासिन्दा रहेका छन् । उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको गण्डकी स्वास्थ्य निर्देशानलय पोखराले जनाएको छ ।
भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशालामा जेठ १३ मा परीक्षण भएका १ सय ५ वटा नमुनामध्ये एक जनामा कोरोना संक्रमण देखिएको र उनी नवलपुरका भएको भरतपुर अस्पतालले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार १९ वर्षीय ती व्यक्ति जेठ १० गते भारतको हरिद्वारबाट आएर देवचुली नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।
यस अगाडि विहिवार विहान स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका थिए । उनीहरु २६ र २२ वर्षका दुई पुरुष र १ जना महिला थिए । उनीहरु पनि भारतबाट आएकाहरु नै थिए । लामोसमयदेखि भारत वस्दै आएका उनीहरु पारिवारिक नातेदार हुन् ।
भारतबाट भित्रिने क्रमसंगै गण्डकीमा पनि कोरोना संक्रमण फैलिदै गएको छ । विहिवार विहान स्याङ्जाका ३ जना र नवलपुरका १ जना जना संक्रमण देखिएको छ । वुधवार बागलुङका ६ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ भने मंगलवार स्याङ्जाका २ जनामा कोरोना देखिएको थियो । यहाँ भारतबाट आउनेक्रम भने रोकिएको छैन् । भारतबाट आएर क्वारेन्टाइनमा वसेकाहरुको परिक्षण गर्न पनि बाँकी नै छ ।
यीसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । अहिलेसम्म बागलुङका ८ जना, स्याङ्जाका ५ जना र नवलपुरका ३ जनामा कोरोना देखिएको छ । तीमध्ये ती मध्ये बागलुङका २ जना धौलागिरी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->