वालिङ, १५ जेठ– वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले किसानले उत्पादन गरेका कृषिजन्य उपजको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताएका छन् । वालिङ–५ मिनाङकोटमा सञ्चालित २० हप्ते एकीकृत शत्रु जीव ब्यवस्थापन (आईपिएम) कृषक पाठशालाको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले नगरभित्रका ब्यवसायीले उत्पादन गरेका कृषिजन्य बस्तुहरु उत्पादन भएर बजार नपाउने समस्या हुन नदिन नगरपालिका प्रतिबद्ध रहेको बताए ।
‘सानो परिमाणमा कृषिजन्य बस्तु उत्पादन गरेर बजारीकरण गर्न कठिनाई हुनसक्छ, सामूहिक रुपमा ठूलो परिमाणमा उत्पादन गर्नुहोस्, उत्पादित बस्तु बिक्री नभएको खण्डमा नगरपालिकाले बिक्री वितरण गर्ने जिम्मा लिन्छ’ उनले भने । नगरपालिकाले नगरभित्रका वास्तविक कृषक तथा पशुपालन ब्यवसायीहरुको पहिचान गरेर ब्यवसाय सञ्चालनका लागि आवश्यक अनुदान तथा बीउ पूँजी उपलब्ध गराउने नगर प्रमुख खाँणले प्रतिवद्वता जनाए । पाठशालामा गोलभेडा खेती सम्बन्धि जानकारी गराईएको थियो ।





