शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेकपा अध्यक्ष पारसले बाँडे तीन लाखको राहत सामग्री

नेकपा अध्यक्ष पारसले बाँडे तीन लाखको राहत सामग्री


  • हिमलाल पराजुली
  • जेष्ठ १७ २०७७, शनिबार

स्याङ्जा, १७ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसले गल्याङ नगरपालिका, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा एक÷एक लाख गरी तीन लाख बराबरको खाद्यान्न र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । पासरले खाद्यान्नसहित स्यानीटाइजर, मास्क र ग्लोव्स लगायतका सामाग्री ती पालिकालाई हस्तान्तरण गरेका हुन् ।
कोरोना भइरस (कोभिड १९) ले समस्यामा परेका जनताहरुलाई सहयोग पुगोस भनेर ब्याक्तिगत रुपमा सहयोग गरेको अध्यक्ष पारसले बताए । सारा विश्व नै कोरोना भइरसको संक्रमणबाट प्रभावित भएको यो अवस्थामा सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न उनले सवैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->