शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीका संक्रमितसँगै आएका ६ जना सम्पर्कविहीन

म्याग्दीका संक्रमितसँगै आएका ६ जना सम्पर्कविहीन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०७७, आइतबार

म्याग्दी, १८ जेठ– म्याग्दीका कोरोना संक्रमितसँगै एउटै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्क विहीन भएका छन् । जेठ ९ गते भैरहवाको नमुना मा.बि.को क्वारेन्टाइनमा बसेका उनीहरुलाई गण्डकी प्रदेशमा ल्याउने क्रममा म्याग्दीसम्मका लागि छुटेको म्याग्दी यातायात प्रा.लि.को बसमा आएका मध्ये ६ जना सम्पर्कविहीन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा निर्देशक डा. विनोद विन्दु शर्माले आइतवार दिउँसो ३ बजे एक प्रेस विज्ञप्ती जारी गर्दै ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको जानकारी दिएका हुन् ।
निर्देशनालयले बसमा आएका मध्ये पोखराका २ जना पुरानो बसपार्कमा, गोरखाका १ जना आबुंखैरेनीमा, र लमजुङका ३ जना यात्रु डुम्रेमा ओर्लिएको जनाउदै उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->