शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमसिसीको कार्यक्रम तीन वर्षदेखि नै बजेटमा छ : अर्थमन्त्री

एमसिसीको कार्यक्रम तीन वर्षदेखि नै बजेटमा छ : अर्थमन्त्री

संसदबाट अनुमोदनपछि मात्रै बजेट निकासा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७७, सोमबार

काठमाडौं, १९ जेठ– अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) अन्तरगतका कार्यक्रम तीन वर्षदेखि नेपालमा चलिरहेको बताएका छन् । करिब ५५ अर्ब रुपैयाँको उक्त कार्यक्रम अन्तरगत सरकारले तीन वर्षदेखि नै बजेट परिचालन गरिरहेको मन्त्री खतिवडाले बताएका छन् । ‘एमसिसीको सहयोगमा तीन वर्षदेखि कार्यक्रम गर्दै आएका छौँ’, उनले भने, ‘आगामी वर्षको बजेटमा पनि उक्त कार्यक्रम राखिएको छ ।’ मन्त्री खतिवडाले संसदबाट एमसिसी सम्झौता पारित भएपछि मात्रै उक्त कार्यक्रम अन्रतगतको रकम निकासा सम्भव हुने पनि बताएका छन् । ‘अमेरिकी सहयोगको रकम जुन बेला मात्रै निकासा हुन्छ, त्यो बेला मात्रै संसदबाट उक्त कार्यक्रम अनुमोदन हुन्छ’, उनले भने । अमेरिकासँग तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेको एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ नेकपा अझै अनिर्णित छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक एमसिसी सम्झौता संसदबाट पारित गर्न दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->