शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वालिङका व्यवसायी भन्छन्– ‘कर लकडाउनपछि’

वालिङका व्यवसायी भन्छन्– ‘कर लकडाउनपछि’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २२ २०७७, बिहिबार

स्याङ्जा, २२ जेठ– वालिङ चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनसंगै व्यापार ब्यावसाय लगायतका कारोबार ठप्प भएको अवस्थामा व्यवसायीलाई कर बुझाउन सूचना जारी गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
लकडाउनका कारण समग्र आर्थिक एवं व्यवसायिक कारोबार ठप्प रहेको अवस्थामा कर्मचारीको पारिश्रमिकलगायत बैंकको व्याज र किस्ताजस्ता विविध खर्चसमेत धान्न नसकेको अवस्थामा कर बुझाउने म्याद जारी हुनु आँफैमा विडम्बनापुर्ण भएको कमर्सका अध्यक्ष प्रकाश न्यौपानेद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
स्वास्थ्य सुरक्षाको प्रत्याभुतिका साथ लकडाउनको अवधिमा अविलम्ब आर्थिक क्रियाकलाप चलायमान बनाउने वातावरण सृजना गर्न चेम्बरले अनुरोध गरेको छ । कमर्सले लकडाउन समाप्त भई व्यवसायिक वातावरण शुरु भएको ३ महिनाभित्र कर विवरण एवं रकम बुझाउने व्यवस्थाको माग गरेको छ । विद्यमान सूचना खारेज गरी व्यवसायीको माग बमोजिम नयाँ सूचना जारी गर्नसमेत चेम्बरले माग गरेको छ । वालिङ नगरक्षेत्रभित्र लकडाउन अवधिको ख्याल गरी व्यापार व्यवसायीलाई घरभाडा छुट गर्न समेत घरधनीलाई चेम्बरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->