बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीमा भेटियो नेपाली एक हजारको नक्कली नोट

बेनीमा भेटियो नेपाली एक हजारको नक्कली नोट


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७७, शुक्रबार

म्याग्दी, २३ जेठ– म्याग्दीको सदरमुकाम बेनीबजारमा नेपाली एक हजार रुपैयाँको नक्कली नोट भेटिएको छ । बिहिबार बेनी नगरपालिका–८, अस्पताल चोकमा रहेको नेशनल पाण्डे ड्रग सेन्टरमा सेवाग्राहीले दिएको नक्कली नोट भेटिएको हो ।
सेवाग्राहीले दिएको नोट लिएर एनसिसी बैंक बेनी शाखामा चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएको सञ्चालक शम्भु पाण्डेले बताए । सेन्टरमा कार्यरत कर्मचारी मौसमी क्षत्रीले बैंकमा खुद्रा पैसा लिन गएको बेला नोट शंकास्पद भएको भन्दै बैंकले थप परीक्षणका लागि राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा पठाउने भएको छ ।
भेटिएको नक्कली नोटमा लालीगुँरास छैन भने नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्कासमेत नभएको र पातलो भएको बैंकका कर्मचारीको भनाई छ ।
कोरोना भाइरसबाट जोगिन नेपाल सरकारले जारी गरेको लकडाउनको मौका छोपी नक्कली नोटका गिरोह सक्रिय हुनसक्ने भन्दै सचेत हुन अपिल गरिएको छ । भीडभाड हुने ठाउँमा नक्कली नोटको प्रयोग गर्दा पहिचान नहुने भएकाले पनि गिरोहले अस्पतालसहित धेरै चहलपहल हुने क्षेत्रलाई प्रयोग गर्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->