शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका कोरोना संक्रमितको आइसोलेसनमा मृत्यु

स्याङ्जाका कोरोना संक्रमितको आइसोलेसनमा मृत्यु


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७७, सोमबार

पोखरा, २६ जेठ– स्याङ्जा जिल्लाका कोरोना संक्रमित बृद्धको आइसोलेसन वार्डमा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो । आइसोलेसन वार्डमा उपचाररत संक्रमित पुरुषमा हिजो आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षिय १ जना पुरुषको मृत्युको भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
यसैबीच, पोखराको क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार, संक्रमित व्यक्ति पोखरा महानगरपालिका वडा नं. ९ का बासिन्दा हुन् । उनी हालै भारतबाट आएका थिए । अहिले ४२ वर्षीय ती पुरुषलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लैजाने तयारी हुँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->