स्याङ्जा, २६ जेठ– आँधीखोला गाउँपालिकाले कृषि क्षेत्रमा किसानलाई आर्कषित गर्न प्रोत्साहन गर्ने नीति लिएको छ । कृषि पेशामा लागेका किसानलाई आकर्षण गर्दै उत्पादन बढाउन उनीहरुलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले बताइन् । छनोटमा परेका उत्कृष्ट कृषकलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले कृषकको सुखदुखमा गाउँपालिकासंगै रहेको बताए । ‘तपाईंहरु ढुक्क भएर कृषि फसल उत्पादन बढाउने कार्यमा लाग्नुस् गाउँपालिकाले सबै प्रकारको सहयोग गाउँपालिका तयार छ’ अध्यक्ष पौडेलले भने । विभिन्न वडाबाट छानिएका मौरीपालन, कुखुरापालन, तरकारी खेतीलगायतका उत्कृष्ट कृषक र कृषक समूह गरि २२ जनालाई नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।





