बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित

आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३२ २०७७, आइतबार

काठमाडौं : आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन् ।  गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ ।
नयाँ संक्रमितमध्ये ५० जना महिला र ३७५ जना पुरुष रहेका छन् । पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन् । नेपालमा आइतवारसम्म संक्रमितको संख्या पनि बढेर ५ हजार ७६० पुगेको छ । जसमा महिला ४३६ जना छन् भने पुरुष ५ हजार ३२४ जना रहेका छन् ।  त्यसैगरि निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । आइतवारसम्ममा ९७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएका गौतमले बताए ।
निको हुनेमा महिला ९७ जना र पुरुष ८७७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । जसमा महिला ६ जना र पुरुष ५५ जना छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ । पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो । रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालका अनुसार उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो । उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->