शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित

गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७७, मंगलबार

पोखरा, ९ असार – गण्डकी प्रदेशमा मंगलवार एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालको प्रयोगशालामा जाँच गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय ४ जना पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशानलयका अनुसार मंगलवार कास्कीमा ७ जना, बागलुङमा ६ जना, पर्वतमा २१ जना, नवलपुरमा ३८ जना, तनहुँमा १ जना, स्याङजामा १३ जना र गोरखामा १८ जना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बागलुङको ढोरपाटन नगरपालिकाका ५ जना पुरुष र १ जना महिला गरी ६ जना, कास्कीको पोखरा महानगरपालिकाका ३ जना पुरुष र ४ जना महिला गरी ७ जना, पर्वतको बिहादी गाउँपालिकाका २ जना पुरुष, पैयुँ गाउँपालिकाका ३ जना पुरुष र २ जना महिला, कुस्मा नगरपालिकाका ९ जना पुरुष, मोदी गाउँपालिकाका २ जना पुरुष र १ जना महिला तथा फलेवास नगरपालिकाका २ जना पुरुषमा संक्रमणको पुष्टि छ । नवलपुरको कावासोती नगरपालिकाका ९ जना पुरुष र १ जना महिला, बौद्धीकाली गाउँपालिकाका ५ जना पुरुष र ५ जना महिला तथा स्थानीय तह नखुलेका १ जना पुरुषमा संक्रमण भएको छ ।त्यसैगरी, तनहुँको घिरिङ गाउँपालिकाका १ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। स्याङ्जाको गल्याङ नगरपालिकाका ३ जना पुरुष, भीरकोट नगरपालिकाकी १ जना महिला, कालीगण्डकी गाउँपालिकाका २ जना महिला, चापाकोट नगरपालिकाका ४ जना पुरुष र १ जना महिला तथा वालिङ नगरपालिकाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाका ४ जना पुरुष र ८ जना महिला, सहिद लखन गाउँपालिकाका ३ जना पुरुष, बारपाक सुलीकोट गाउँपालिकाका १ जना पुरुष र स्थानीय तह नखुलेका २ जना पुरुषमा पनि संक्रमण रहेको पुष्टि भएको निर्देशनालयले जनाएको छ। भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर गैँडाकोट नगरपालिकाका १ जना पुरुष र १ जना महिला गरी २ जना तथा बुलिङटार गाउँपालिकाका १५ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->