शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित

गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित

बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित


  • ढोरपाटन संवाददाता
  • असार १० २०७७, बुधबार

पोखरा, १० असार – गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा जैमिनी नगरपालिकाका १ जना र बरेङ गाउँपालिकाका ८ जनालाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा २ महिला र १ पुरुष सहित ३ जना, मादी गाउँपालिकामा १ महिला र १ पुरुष, गोरखाको गण्डकी गाउँपालिकामा १ पुरुष, तनँहुको देवघाट गाउँपालिकामा १ पुरुष, पर्वतमा १ महिला, स्याङजाको वालिङ नगरपालिकामा ३ पुरुष र आधिखोला गाउँपालिकामा १ पुरुषसहित ४ जना, नवलपुरको गैडाकोट नगरपालिकामा ३ जना महिलामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->