बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकी प्रशारण लाइनको दाना स्टेशनमा स्थानीयद्धारा तालाबन्दी

कालीगण्डकी प्रशारण लाइनको दाना स्टेशनमा स्थानीयद्धारा तालाबन्दी


  • ध्रुवसागर शर्मा
  • असार १० २०७७, बुधबार
????????????????????????????????????

म्याग्दी, १० असार– कालीगण्डकी करिडोर २२० केभी प्रशारण लाइनको दाना स्टेशनमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । प्रशारण लाइनको व्यवस्थापन समितिले स्थानीयको मागलाई बेवास्ता गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।
दाना वडा अध्यक्ष नरसिंह बहादुर पुर्जाको नेतृत्वमा स्थानीय राजनीतिक दल, आमा समूह र युवा क्लबको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका वडा नं ३ मा पर्ने दाना स्टेशनमा तालाबन्दी गरेको हो । पटक पटक स्थानीयको मागलाई सम्बोधन गर्न अनुरोध गर्दासमेत बेवास्ता गरिएपछि आन्दोलनमा उत्रिनु परेको वडाध्यक्ष पूर्जाले बताए ।
स्थानीयले सव स्टेशनबाट वडाभित्र २४ सै घण्टा बिजुलीको व्यवस्था गर्नुपर्ने, क्षमताअनुसार स्थानीयलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने, रुप्से युवा क्लवको भवन आसपासको क्षेत्रमा तटबन्ध गर्नुपर्ने लगाएतका माग गर्दै आएका छन् ।
‘हामीले छलफलका लागि बोलाएका धेरै वैठकलाई बेवास्ता गरियो, जनताको मागलाई पुरा नगरी काम गर्न दिँदैनौ’ नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका सभापति बेलबहादुर पुर्जाले भने । उनका अनुसार, समुदायले प्रशारण लाइनको निर्माण कम्पनीसंग सहकार्य र छलफलको प्रयास गरेपनि बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।
स्थानीयले विगतमा निर्माण कम्पनीले दिएका आश्वासनहरु पनि पुरा नभएको गुनासो गरेका छन् । दाना स्टेशनमा म्याग्दी र मुस्ताङमा निर्माण सम्पन्न भएको घलेम्दी र थापाखोला जलविद्युत आयोजनाको विद्युत जोडिएको छ भने निर्माणको अन्तिम चरणमा रहेको ४२ मेघावाट क्षमताको मिस्त्रीखोला लजविद्युत आयोजनाको विजुली पनि जोड्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->