बागलुङ, ११ असार– गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण भेटिएको छ । तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र पूर्वीनवलपरासी ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । बिहीबार बिहान मात्र गण्डकीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।





