शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पुतलीबजार नगरपालिकाद्धारा सटरभाडा र व्यवसायी करमा छुट

पुतलीबजार नगरपालिकाद्धारा सटरभाडा र व्यवसायी करमा छुट


  • हिमलाल पराजुली
  • असार १२ २०७७, शुक्रबार

स्याङ्जा, १२ असार– पुतलीबजार नगरपालिकाले सातौं नगरसभाबाट आफ्ना व्यवसायीहरुलाई एक महिनाको सटर भाडा र नगरबासी व्यवसायीहरुलाई व्यवसायी करमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण मर्कामा परेका व्यावसायीहरुलाई नगरपालिकाको स्वामित्वमा रहेका सटर भाडामा लिएर व्यापार व्यावसाय गर्दै आएका व्यापारिहरुलाई एक महिनाको सटर भाडामा छुट दिनुका साथै असार मसान्तसम्म व्यवसायी कर तिर्ने व्यवसायीहरुलाई १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
नगरप्रमुख सिमाकुमारी क्षेत्रीले व्यवसायीहरुलाई एक महिनाको सटर भाडा र करमा छुट दिने प्रस्ताव नगरसभाबाट पारित भएको बताइन् । पुतलीबजारले एक व्यापारिक केन्द्र र शहिदचोकमा रहेको नगर विकासका सटरहरु व्यापारीहरुलाई भाडामा लगाएको छ । नगरप्रमुख क्षेत्रीले नगरपालिकाको स्वामित्वमा रहेका व्यापारिक भवन र सटरहरुमा व्यापार व्यावसाय गर्दै आएका व्यावसायीहरुलाई थोरै भएपनि राहात मिलोस् भनेर सटर भाडा र व्यावसायीक करमा छुट दिएको बताइन् ।
बजेट ९१ करोड ९५ लाख
पुतलीबजार नगरपालिकाको सातौं नगरसभामा नगरउपप्रमुख महेश पुरीले ९१ करोड ९५ लाख ४० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । उपप्रमुख पुरीले संघीय सरकारको राजश्वबाट ९ करोड र प्रदेश सरकारको आन्तरिक राजस्व र ससर्त अनुदानतर्फ ८९ करोड प्राप्त हुने गरी कुल ९१ करोड ९५ लाख ४० हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । पुतलीबजारले आधारभुत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालाई विशेष प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->