स्याङ्जा, १३ असार – कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिए पछि कालीका सामुदायीक अस्पताल हेलुको आइसोलेसनमा उपचार गराईरहेका ३४ जना शनिवार घर फर्किएका छन् । आइसोलेसनमा रहेका उनीहरुको दोस्रो पटक गरिएको परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पछि आज घर पठाइएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।
कोरोना संक्रमणलाई जितेर घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना वालिङ नगरपालिकाका १० जना अर्जुनचौपारी गाउँपालिकाका ३ जना, भीरकोट नगरपालिकाका १ जना र आँधीखोला गाउँपालिकाका ४ जना रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । योसंगै जिल्लामा कोरोना संक्रमण लाई जितनेको संख्या ५६ पुगेको छ । यसअघि २२ जनाले कोरोना जितेर घर फर्किएका थिए भने २ जनाको उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको थियो । 





