बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७७, सोमबार

काठमाण्डौ, २२ असार– सोमबार देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । आज खान छुटेका बालबालिकालाई भोलि खुवाइने शाखाले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि गत वैशाख ६ र ७ गते तय गरिएको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम गत चैत २१ गते स्थगित गरिएको थियो । मन्त्रालयले सो कार्यक्रम पुनः सञ्चालन गरेको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->