शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना पुष्टि

बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७७, बुधबार

बागलुङ, २४ असार– बागलुङका एक र म्याग्दीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार बागलुङको गलकोट नगरपालिकाका एक २४ वर्षिय पुरुष र म्याग्दीको मंगला गाउँपालिका–२ का ३५ बर्षिय पुरुष र बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
कोरोना संक्रमित मंगला गाउँपालिका–२ का पुरुष कुवेतबाट आएर बेनीस्थित म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिएभने बेनी नगरपालिका–१ का पुरुष भारतबाट आएर न्यु वेष्ट प्वाईन्ट आवासीय माविको क्वारेन्टिनमा बसेका हुन् । म्याग्दीका संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । थप उपचारका लागि बेनीस्थित आसोलेसन कक्षमा भर्ना गरिएको निमित्त प्रमुख लम्सालले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->