पोखरा, २५ असार– बागलुङका दुई जनासहित बिहिबार बिहान गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, जनस्वास्थ्य प्रयोगशाला, हेटौडा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २० जना संक्रमित थपिएका हुन् । तनहुँ १, म्याग्दी २, बाग्लुङ २, नवलपरासी पूर्व ४, लमजुङ ५, गोरखा २ र कास्कीका ४ जना रहेका छन् । बागलुङमा थपिएका २२ र ३९ वर्षिय दुई पुरुष काठेखोला गाउँपालिकाका हुन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सबै व्यक्तिहरुलाई आईसोलेसन कक्षमा राखिसकिएको र अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । अध्यावधिक विवरण अनुसार, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या ३ सय ८६ पुगेको छ ।






