सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

‘नेता मिल्दा पार्टी र देश बलियो हुन्छ’

‘नेता मिल्दा पार्टी र देश बलियो हुन्छ’

केन्द्रिय नेतालाई नेकपा बागलुङको सुझाव


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७७, बिहिबार

बागलुङ, २५ असार– नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले स्थायी कमिटि बैठकबाट एकताको सन्देश सार्वजनिक गर्न केन्द्रीय दुइ अध्यक्षलाई आग्रह गरेको छ ।
नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा र सचिव ज्ञामनाथ गैरेले संयुक्त हस्ताक्षर गरेर प्रकाशित गरेको अपिलमा नेतृत्वलाई एकताको सन्देश दिन सुझाव दिइएको हो । संविधानको मर्म, भावना र नेपाली जनताको चाहनाअनुसार लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास गरी स्थायी सरकारमार्फत शान्ति र सशासन दिने दायित्व पुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरिएको हो ।
सबै नेता, कार्यकर्ताको बलिदानीबाट आएको लोकतन्त्र, गणतन्त्र र संघियता बचाउने एकातर्फ चुनौतीसँगै अन्तराष्ट्रिय तहमा नेपालको पहिचान बनाउने चुनौतीपनि बहन गर्ने बेलामा एक आपसमा नमिल्दा बहस आउनु दुःखद भएको बिज्ञप्तीमा उल्लेख छ । कम्युनिष्ट आन्दोलनमा फुटको दुखद स्थिति र जुट्दाका मिठो अनुभूति थाहा भैसहेकोले अब फेरी फुटमा जान नहुने उनीहरुको सुझाव छ । जिल्लाका सबै नेता तथा कार्यकर्ता पार्टी एकताको पक्षमा रहेकोले देशभरका सबै जनताको समेत भावना बुझिदिन पनि आग्रह गरिएको छ ।
सोभियत संघ बिघटन हुनु, पूर्वि युरोपका देशहरुबाट समाजबाद अन्त्य हुनु जस्ता बिषय कोही आएर हटाएको नभई आफ्नै कलहले भएको भन्ने सन्देश दिंदै नेतृत्व मिल्दा देशभरका जनता र कार्यकर्ता मिल्ने र संसारभरका शक्तीहरुले बलियो कम्प्युनिष्टको रुपमा स्विकारगर्ने अबस्था आउने कुरा पनि स्मरण गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->