शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दीका चार जनाले जिते कोरोना

म्याग्दीका चार जनाले जिते कोरोना


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७७, मंगलबार

म्याग्दी, ३० असार– म्याग्दीबाट कोरोना भाइरस (कोभिड–१९)लाई जितेर घर फर्किनेहरु थपिँदै गएका छन् । मङ्गलबार मात्रै म्याग्दीका थप चारजना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका हुन् ।
भारत, र कुबेतबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएका चारजना आईसोलेसन अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । डिस्चार्ज हुनेहरुमा भारतबाट आएका बेनी नगरपालिका–१, रत्नेचौरका एकै परिवारका दुई दाजुभाई ३३ र २३ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी कुबेतबाट आएका बेनपा–३, भकिम्लीको ३० वर्षीया एक महिला र मंगला गाउँपालिका–२, बाबियाचौरको हिदीका ३५ वर्षीय एक पुरुष डिस्चार्ज भएको कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले जानकारी दिए । वैदेशिक रोजगारीको सिलसिलमा विदेश पुगेका उनीहरु यसअघि म्याग्दी आएर बेनीको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->