शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वरोजगार बन्नेलाई नगरपालिकाको अनुदान

स्वरोजगार बन्नेलाई नगरपालिकाको अनुदान


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७७, बिहिबार

स्याङ्जा, १ साउन– पुतलीबजार नगरपालिकाले सानो सानो लगानि गरेर स्वरोजगार बन्न चाहानेहरुलाई अनुदान बितरण गरेको छ । केही महिना पहिले नगरपालिकाले संञ्चालन गरेको सिलाइकटाई तालिम र ब्युटीपार्लर तालिममा सहभागी भई पेशा व्यवसाय सुरु गर्न चाहनेलाई नगरपालिकाले ५० हजार अनुदान दिएको हो ।
नगरपालिका प्रमुख सीमाकुमारी क्षत्रीले युवा जनशक्तिलाई नगर भित्रै राख्ने उद्देश्यले यो अभियानको सुरुआत गरिएको बताइन । ‘हामी जति सक्दो रोजगारीको सिर्जना गरेर युवा शक्तिलाई विदेश जानबाट रोक्ने अभियानमा छौँ’, उनले भनिन्, ‘सोही अभियानअन्तर्गत पेशा व्यवसाय गरेर स्वरोजगार बन्न चाहाने युवा युवतीहरुलाई अनुदान स्वरुप ५० हजार वितरण गरेका छौँ ।’
पुतलीबजार ३ बाडखोलामा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी जमुना श्रेष्ठ र आरती बिक दुवै जनालाई ५० हजारका दरले अनुदान स्वरुप चेक हस्तान्तरण गर्दै नगरप्रमुख क्षेत्रीले अर्काको भर नपरि आफ्नै खुट्टामा उभिन आग्रहसमेत गरिन् । नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख ताराचन्द्र ढकालले नगरपालिकाले जतिसक्दो पालिका भित्रै रोजगारिको सिर्जना गरेर वेरोजगारिको अत्यका साथै वैदेशिक रोजगारिमा जाने क्रमलाई निरुत्साहित गर्ने योजना रहेको सुनाए । नगरपालिकाले सञ्चालन गरेको ब्युटीपार्लर तालिममा सहभागी भएर हाल बाडखोलामा ब्युटीपार्लर सञ्चालन गर्दै आएकी आरती बिकले नगरपालिकाबाट पाएको सहयोगले काम गर्ने हौसला बढेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->