पोखरा, ६ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३३९ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनु्सार मंगलबार थप ९ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २३ र २४ वर्षीय युवा तथा बेनी नगरपालिकाका ३२ वर्षीय पुरुष, बागलुङ ताराखोलाका २ जना २५ वर्षीय र एक जना ४३ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । यसैगरि स्याङ्जा फेदीखोलाका ३१,५५ र ५८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ। संक्रमितहरुलाई आइसोलेसनमा पठाउने तयारी गरिएको छ । गण्डकीमा कोरोना जित्नेहरुको संख्या १ हजार २० रहेको छ ।





