बागलुङ/बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा सडक स्तरोन्नति गर्ने क्रममा खसेको माटोको ढिस्कोमा पुरिएर २ जनाको ज्यान गएको छ । उक्त घटनामा एक जना गंभीर घाइते भएका छन् ।
निसीखोला–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा सोमबार करिब साढे ७ बजेको समयमा माटोको ढिस्को खस्दा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापा मगरको ज्यान गएको हो । दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणिन्द्र प्रसाइँले जानकारी दिए ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन् । घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ ।





