शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पुष्पलालको ४१औं स्मृति दिवस

पुष्पलालको ४१औं स्मृति दिवस


  • ढोरपाटन संवाददाता
  • साउन ७ २०७७, बुधबार

काठमाण्डौ, ७ साउन– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन् । दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए । १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भएको थियो । स्मृति दिवसका अवसरमा आज देशभर बिबिध कार्यक्रम हुँदैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->