शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रचण्डले भने, कमरेडहरु उत्तेजनामा नआउनुस्, पार्टी विभाजन हुनसक्छ

प्रचण्डले भने, कमरेडहरु उत्तेजनामा नआउनुस्, पार्टी विभाजन हुनसक्छ

केहीबेर रोकिएको स्थायी कमिटी बैठक प्रचण्डले सुरु गरे


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७७, मंगलबार

काठमाडौं, १३ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई विभाजन हुनबाट जोगाउन आग्रह गरेका छन् ।  पार्टी गम्भीर अस्थामा पुगेको भन्दै प्रचण्डले यसबेला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने कुरामा जोड दिए । मंगलबार ओली बिनाको स्थायी समिति बैठकमा उनले भने, ‘यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ ।’
प्रचण्डले अगाडि भने, ‘कमरेडहरु पार्टी गम्भीर मोडमा पुगेको छ, अहिले कोही पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो यसलाई कसैको लहड उत्तेजनाबाट विभाजन हुन दिनु हुँदैन ।’
प्रधानमन्त्री अ‍ोलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि बालुवाटारमा प्रचण्ड-माधवकुमार नेपाल समूहका स्थायी कमिटीको बैठक बसिरहेको छ ।
प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओलीको अनुपस्थितिमा यसअघि सुरु भएको बैठकलाई रोकेर प्रचण्ड र झलनाथ खनाल केपी ओलीलाई भेट्न गएका थिए। ओली, प्रचण्ड, खनाल र बिष्णु पौडेलबीचको भेटवार्ता सकिएपछि बैठक फेरि सुरु भएको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->