शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कैंदीबन्दीलाई खेलकुद सामग्री

कैंदीबन्दीलाई खेलकुद सामग्री


  • Dhorpatan News
  • साउन १५ २०७७, बिहिबार

बागलुङ, १५ साउन – शहीद मनोज झपेन्द्र स्मृति दिवसका अवसरमा जिल्ला कारागारमा रहेका कैंदीबन्दीलाई खेलकुद सामग्री वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन बागलुङले शहीदहरुको सम्झनामा कारागारमा रहेका कैंदीहरुलाई खेलकुदका सामग्री वितरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले कारागारमा पुगेर खेलकुद सामग्री हस्तान्तरण गरेका थिए । न्यौपानेले बागलुङ कारागारको निरीक्षण गरी त्यहाँको जानकारीसमेत लिएको बताए । हाल बागलुङ कारागारमा १ सय २० जना कैदीबन्दीहरु रहेका छन् । १४ जना महिला रहेको कारागारमा ७० जना कैदी र ५० जना थुनुवा रहेकोे कारागार शाखाका प्रमुख मोहन शर्माले बताए ।
नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष राम प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष घनश्याम सापकोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन संगठनका सचिव श्याम कुमार थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->