बागलुङ, १९ साउन– गत बिहिबार कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका जिल्लाको जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मीको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
गण्डकी प्रादेशि प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा ५२ वर्षिय स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनीसँगै परीक्षणमा पठाईएका अन्य तीन जना संक्रमित र जैमिनी नगरपालिकाका दुई जना कर्मचारीको समेत रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएको तीन दिनमै उनको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्जको तयारी गएिको अस्पतालले जनाएको छ । उनको सम्पर्कमा आएका ५२ जनाको स्वाव संकलन गरि परीक्षणका लागि पठाईएको भए पनि रिपोर्ट आएको छैन् । सोमबारसम्म सबैको रिपोर्ट आईसक्ने प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले बताईन् ।





