सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निर्देश राजभण्डारीको स्मृतिमा आश्रमलाई सहयोग

निर्देश राजभण्डारीको स्मृतिमा आश्रमलाई सहयोग


  • Dhorpatan News
  • साउन २१ २०७७, बुधबार

पोखरा, २१ साउन – मानव सेवा आश्रमलाई बागलुङका समाजसेवी स्वर्गीय निर्देश राजभण्डारीको स्मृतिमा खाद्यान्न सहयोग गरिएको छ । नेवारी सांस्कृतिक पर्व गाईजात्रा पर्वको अवसरमा निर्देशका परिवारको तर्फबाट सो सहयोग गरिएको हो । मानवीय सेवाको क्षेत्रमा समर्पित संस्थालाई बागलुङ नगरपालिका वडा नम्बर– ३ निवासी बागलुङ नगरपालिकाका पुर्व उपमेयर पध्मचन्द्र राजभण्डारीका जेष्ठ पुत्र निर्देशको संझनामा करिब ७ हजार बराबरको खाद्यान्न आश्रमलाई हस्तान्तर गरिएको थियो ।
कार्यक्रममा परिवारको तर्फबाट भाइ राजेशचन्द्र राजभण्डारी, मित्र निर्मल श्रेष्ठ लगायतले समाजको लागि महत्त्वपूर्ण भूमिका खेलेका व्यक्ति निर्देश राजभण्डारीको अल्पायूमै मृत्यु हुँदा समाजले ठूलो क्षति बेहोर्नु परेको धारणा व्यक्त गरे । मानव सेवा आश्रम सहयोगीहरूकै सहयोगमा संचालन हुदै आएको छ । आश्रममा अहिले ४० जना अपांग जेष्ठ नागरिक महिला बालबालिकाले आश्रय लिएर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->