सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ढोरपाटनकर्मी रेग्मीलाई महासंघको सहयोग

ढोरपाटनकर्मी रेग्मीलाई महासंघको सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०७७, शुक्रबार

बागलुङ, २३ साउन– गत साउन ७ गते वर्षासँगै आएको पहिरोले घरबास गुमाएका ढोरपाटन दैनिकका वितरक यादव रेग्मीलाई पत्रकार महासंघ बागलुङ शाखाले ५ हजार आर्थिक सहयोग गरेको छ । महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषबाट यादवलाई सो आर्थिक सहयोग गरेको हो । अफ्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषबाट महासंघको निर्णय अनुसार ५ हजार रकम सहयोग गरिएको अध्यक्ष दिल शिरिषले बताए ।
यसपूर्व ढोरपाटन दैनिकले आफ्नो सहकर्मीलाई विपत परेको भन्दै पत्रिकाको तर्फबाट वासस्थानमा पुगेर रु.२५ हजार ५ सय नगद सहयोग गरेको थियो । बागलुङ नगरपालिका–५ मालिकास्थित घर पहिरोले भत्काएपछि रेग्मीको परिवार मन्दिरको सत्तलमा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->