शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

म्याग्दी अव सक्रिय संक्रमित मुक्त जिल्ला

म्याग्दी अव सक्रिय संक्रमित मुक्त जिल्ला

आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ


  • ढोरपाटन संवाददाता
  • साउन २४ २०७७, शनिबार

म्याग्दी, २४ साउन– हिमाली जिल्ला म्याग्दी हाललाई सक्रिय कोरोना संक्रमितमुक्त बनेको छ । आइसोलेसनमा रहेका ६ संक्रमितको पछिल्लो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै म्याग्दीमा अब कोही पनि संक्रमित छैनन् । विभिन्न देशबाट आएर बेनीको क्वारेन्टाइनमा रहेका बेला संक्रमण पुष्टि भएर आइसोलेसनमा गएका ६ जनाको शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । विभिन्न देशबाट आफ्नो घर फर्किएर आएका ४७ जनामा कोरोना पोजेटिभ देखिएकोमा ४१ जना निको भै घर फर्किसकेका र ती ६ जना मात्र आइसोलेसनमा थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->