बागलुङ, २४ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि महोत्तरीबाट आएर बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका १३ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रादेशिक प्रयोगशला पोखरामा गरीएको परीक्षणमा ६ दिन पहिला नेगेटिभ रिपोट आएका मजदुरहरुको ६ दिन पछि गरीएको परीक्षणमा पोजेटिभ रिपोट आएको हो । उनीहरु ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्षका पुरुष हुन् । संक्रमित १३ जनालाई आईसोलेसन कक्षमा लैजानी तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कामका लागि आएका १७ जना मजदुरहरु मध्ये गत साउन १८ गते एक जनामा संक्रमण देखिए पछि उनिहरुको पुनः परिक्षण गरिएको थियो । त्यस दिन १६ जनाको रिपोट नेगेटिभ आएको थियो । परीक्षणका लागि पठाईएका बाँकी ३ जनाको भने दोस्रो पटकको रिपोट पनि नेगेटिभ आएको धौलागिरी अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले बताए ।
धौलागिरी अस्पतालको ‘सी’ व्लक भवन निर्माणको कामकालागि गत साउन १३ गते बागलुङ आएका उनिहरुलाई निर्माणाधिन सोही भवनमा राखेर कोरोना परीक्षण गरिएको थियो । एक जना २५ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनिहरु बागलुङ नगरपालिकाको क्वारेन्टाईनमा थिए ।
लकडाउन खुलेपछि अस्पतालको ‘सि’ व्लक भवन निर्माणका लागि उनिहरु महोत्तत्ररीबाट बागलुङ आएका थिए । पहिलो संक्रमित देखिएका व्यक्ति सँग स्वाव संकलन देखि परीक्षण रिपोट आउने समय पाँच दिन सम्मसँगै रहेकाले उनिहरुलाई क्वारेन्टाईनमा राखेर पुन परीक्षणको लागि स्वाव संकलन गरिएको थियो । शनिवार नेगेटिभ रिपोट आएकाहरुको पनि अलग्गै राखेर पुन स्वाव संकलनको तयारी भैरहेको छ ।





