शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पौडेल नेतृत्वको कार्यदललाई बिबाद सुल्झाउने जिम्मा

पौडेल नेतृत्वको कार्यदललाई बिबाद सुल्झाउने जिम्मा


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

काठमाडौंँ, ३० साउन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विद्यमान आन्तरिक विवादको समाधानका लागि शुक्रबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको छ ।
दुवै अध्यक्षले पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् । महासचिव पौडेलका अनुसार सो कार्यदलका अन्य सदस्यमा नेताहरु भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->