बागलुङ, ५ भदौ – बागलुङ बजारका थप एक महिलामा कोरोना पुष्टि भएको छ । बागलुङ नगरपालिका–२ श्रीनगरटोलकी २६ बर्षिय महिलालाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएकी बानपा-३ हाडेपाखामा व्यवसायी गरि बस्ने २३ बर्षिया महिलाको कन्ट्रयाक टे«सिङमा परेकी उनको पिसिआर परीक्षणमा कोरोना पुष्टी भएको बागलुङ नगरपालिकाका कोभिड-१९का फोकलपर्सन दिनेश जिसीले वताए ।
उनलाई धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । ती महिलाको कन्ट्रयाक टे«सिङमा परेका अन्य ६ जनामा पनि कोरोना पुष्टि भएको छ । यसले समुदायमा स्तरमा संक्रमण फैलिएको आशंकामा नगरपालिकामा निषेधाज्ञा जारी छ भने समुदाय स्तरमा पिसिआर परीक्षणका लागि स्वाव संकलन भइरहेको छ ।





