बागलुङ, ८ भदौ– सोमबार बागलुङको समुदायका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरामा गरिएको परीक्षणको क्रममा बागलुङ नगरपालिका वडा नं. २ का २० बर्षका दुइ पुरुषमा संक्रमण पुष्टी भएको हो ।
केही दिनअघि एकै परिवारका ६ जनामा संक्रमण देखिएपछि थालिएको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको सोमबार पनि कोरोना पोजेटिभ पुष्टी भएको हो । पुष्टी भएकाहरु यसअघि भेटिएको परिवारको आफन्तमध्येबाटै भएका नगर स्वास्थ्य प्रमुख रामप्रसाद खनालले बताए । बानपा ३ को समुदायमा एक महिलामा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी गर्ने क्रममा एकै परिवारका ६ जना, त्यसपछि एक पुरुष, अर्की एक महिलाहुँदै फेरी २ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
अस्पतालका स्वास्थ्यकर्मीको देखिएपछि सम्पर्कमा आएकामध्ये एक महिलामा मात्रै संक्रमण देखिएको थियो । त्यसपछि उक्त समुदायमा देखिएको छैन । तर अप्रत्यासित रुपमा अर्कै समुदायमा देखिएकोमा खनाल समेत आश्चर्यमा छन् । उनले उक्त समूहको सम्पर्कमा आउनेको व्यापक खोजी गरी तत्काल व्यवस्थापन गर्नुपर्ने आवस्यकता औल्याए ।





