शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना रोकथामका लागि ८१ लाख खर्च गर्यो बेनी नगरपालिकाले

कोरोना रोकथामका लागि ८१ लाख खर्च गर्यो बेनी नगरपालिकाले

नगरपालिकाभित्रका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयमसेवकको रुपमा परिचालन


  • धु्रबसागर शर्मा
  • भाद्र ९ २०७७, मंगलबार

म्याग्दी ९ भदौ – म्याग्दीको बेनी नगरपालिकाले नगरपालिकाभित्र कोरोना रोकथाम तथा नियन्त्रणका लागि ८१ लाख रुपैयाँ खर्च गरेको छ ।
सोमबार नगरपालिकाद्धारा आयोजित कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाद्धारा गरिएको खर्च विवरण सार्वजनिक कार्यक्रममा आजसम्म ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च भएको जानकारी गराइएको हो ।
नगरपालिकाले बेनीमा क्वारेन्टटाइन संचालन तथा ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको शीर्षकमा उक्त बजेट खर्च भएको जनाएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् बेनी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष रामकृष्ण बराईलीले लकडाउनको अवधीमा समस्या परेका गरिव, विपन्न र मजदुर परिवारलाई २९ लाख ४४ हजार ६ सय १७ रुपैयाँ राहत वितरण गरिएको जानकारी दिए ।
उनले कोरना संक्रमितको उपचारका लागि १० शैयाको आइसोलेसन कक्ष निर्माणमा १७ लाख ८३ हजार, औषधी उपकरण खरिदमा १५ लाख ६५ हजार ९६३ रुपैया, क्वारेन्टाइनमा खाना खर्च १३ लाख ५८ हजार ७९८ रुपैया, उद्धारको लागि यातायात खर्चमा ३ लाख ५ हजार ३४९ रुपैयाँ र स्वयमसेवक खर्चमा २ लाख ७१ हजार ६०० रुपैया खर्च भएको विवरण सुनाए ।
नगरपालिकाको कोरोना कोषमा नगरपालिकाले एक करोड छ लाख पाँच हजार सहित विभिन्न संघ संस्थाहरु बेनी खानेपानी उपभोक्ता संस्थाले एक लाख, प्रदेश सरकारले दश लाख, अर्थ मन्त्रालयले दुई लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुले १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुले दुई लाख २९ हजार ८६१, कर्मचारीहरुले एक लाख ६९ हजार १५५ रुपैयाँ सहयोग गरेको जानकारी गराईएको थियो ।
त्यस्तै, कोरना रोकथाम र नियन्त्रणमा नगरबासीलाई सुसुचित गराउन नगरपालिकाभित्रका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयमसेवकको रुपमा परिचालन गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठ बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->