सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पहिरोमा परि ढोरपाटनको अर्नाकोटमा एक जनाको मृत्यु

पहिरोमा परि ढोरपाटनको अर्नाकोटमा एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०७७, मंगलबार

फाइल तस्बिर

बागलुङ, ९ भदौ– जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. २ अर्नाकोटमा मंगलबार बिहान गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ । वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर पुर्दा १९ वर्षिय पुजा परियारको ज्यान गएको हो । घरमै सुतेकी पुजा पहिरोले च्यापिएपछि मृत अवस्थामा भेटिएको वडाध्यक्ष युवराज महतले जानकारी दिए ।
घरदेखि करिब दश मिटरमाथिबाट खसेको पहिरोले घरको पछाडीको भाग भत्किएको छ । मृतक परियारको आमा, बहिनी र दुई भाई अर्काे घरमा सुतेको हुँदा उनीहरु सुरक्षित रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ । परियार सोमबार रातीको खाना खाएर सुत्नको लागि उक्त घरमा गएकी थिइन् । मृतकका बाबु प्रकास परियार वैदेशिक रोजगारीको शिलशिलामा कतार रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->