सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निषेधाज्ञा लागु गर्ने प्रशासनको नयाँ शैली, कुखुरा बनाएर सजाय

निषेधाज्ञा लागु गर्ने प्रशासनको नयाँ शैली, कुखुरा बनाएर सजाय


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७७, बिहिबार

बागलुङ, ११ भदौ – समुदायमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको रोकथाम, नियन्त्रण र कन्ट्याक्ट टेर्सिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ । निषेधाज्ञाको नियम पालना नगर्ने र मास्कको प्रयोग बिना सडकमा लखरलखर हिँड्नेलाई प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही गर्न थालेको छ । पहिलो पटक उलंघनकर्तालाई कुखुरा बन्न लगाउने र उठबस गरी सम्झाईबुझाई गरेर छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले बिहीबार मात्र दुईवटा चार पाङग्रे सवारी, छवटा पसल तथा २१ जनालाई कारबाही गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । समुदायमा कोरोना सङ्क्रमण दैनिक देखिन थालेका छन, तर सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना नगरी प्रहरीलाई गरिदिने जस्तो गरेका छन् ।, सुचना अधिकारी पन्तले भने, प्रशासनले तोकेको समय सीमाभन्दा बढी समय पसल खोलेर भिडभाड गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने छ । सबैको सहयोग र सचेतनाले मात्र महामारी जित्न सकिन्छ’ सूचना अधिकारी पन्तले भने, ‘कडा भएन भनेर प्रशासनलाई गाली गर्नेहरूले नै निषेधाज्ञाको उल्लङ्घन गरेका छन् ।
जिल्ला प्रहरीले यसअघि ४० वटा सवारी साधान नियन्त्रणमा लिएर प्रहरी परिसरमै राखेको छ । निषेधाज्ञाको अन्त्य भएपछि जरिवाना गरेर मात्रा ती सवारी फिर्ता दिइने प्रहरीले वताएको छ ।
सुरक्षाकर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा दैनिक रुपमा बजारमा गस्ती गर्न थालेको छ ।
बिहीबार बागलुङ प्रवेशद्वार मालढुङ्गा, कालिका मन्दिर परिसर तथा बागलुङ–पर्वत जोड्न् लामो झोलुङ्गे पुल क्षेत्रमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा मास्कबिना हिँड्ने युवा, सवारी चालकलाई सडकमै कुखुरा बन्न लगाएर आगामी दिनमा निषेधाज्ञा नियमको पालना गर्ने कबुलका साथ छोडिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->