बागलुङ, १२ भदौ– बिप्लब नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य केशव निउरे पक्राउ परेका छन् ।
ताराखोला गाउँपालिका वडा नं. ५ घर भएका निउरेलाइ प्रहरीले बिहिवार राती उनकै निवासबाट पक्राउ गरेको हो । राती ८ बजे निउरेको घरमा पुगेका सादा पोशाकका प्रहरीले पक्राउ गरेको परिवारका सदस्यले बताए ।
प्रहरीले उनलाई जथाभावी चन्दा संकलन गरेको आरोप लगाएको छ । तर श्रीमती सरस्वती कंडेलका अनुसार उनी खाना खाएर घरमै बसेको बेला पक्राउ परेका हुन् । पछिल्लो समय नेकपाले चन्दा लगायतको गतिविधि नगरेको परिवारश्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेको थप अनुसन्धान भैरहेको छ । यथेष्ट प्रमाण नभेटिएकोले खोजी भैरहेको समेत उनले बताए । परिवारका सदस्यले भने अधिकारकर्मी गुहारेर न्याय मिलाईदिन आग्रह गरेका छन् ।
कोरोना संक्रमण देशव्यापी बढेपछि गत चैतदेखि बिप्लब समूहले आफ्ना गतिविधि आगडि बढाएको छैन । बिध्वंसात्मक काम गरेको भन्दै सरकारले बिप्लब नेतृत्वको नेकपा कार्यकर्तालाई धमाधम पक्राउ गरेर बिभिन्न मुद्दा समेत लगाएको थियो ।





