लमजुङ, १५ भदौ – नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङलाई कोरोना पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङमा परेका अध्यक्ष गुरुङको स्वाब विहिवार संकलन गरेर पोखरा पठाइएको थियो । पिसिआर परीक्षणको नतिजा सोमवार आएको हो । उनी बिहीबारबाटै होटेल क्वारेन्टाइनमा थिए । आफुमा कोरोनाको कुनै पनि लक्षण नभएको अध्यक्ष गुरुङले वताए । उनी कान्तिपुर दैनिकका लमजुङ संवाददाता हुन् ।





