बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

वडा नम्बर २ लाई नेलम्बोको सहयोग

वडा नम्बर २ लाई नेलम्बोको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७७, बुधबार

पोखरा, १७ भदौ– पोखरा– ४ स्थित नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं २ लाई १ हजार पाँच सय थान मास्क र ५ लिटर सेनिटाइजर पनि सहयोग गरेको छ । उक्त सामाग्री वडा सदस्य गौतम विजुक्छेलाई संस्थाका कार्यक्रम संयोजक डा. किसन कोइराला तथा हेल्थ प्रमोसन अफिसर निर्मला देवकोटाले हस्तान्तरण गरेका हुन् ।
यता नेलम्बोले लायन्स क्लाब अफ पोखरा सेन्ट्रल गार्डेनको स्वास्थ्य सचेतना कार्यक्रममा सहकार्य गरेको छ ।
क्लबले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा बृद्धि हुँदा निःशुल्क माक्स, सेनिटाइजर तथा ब्रोसर वितरण गर्दै आइरहेको नेलम्बो नेपालले पनि सहकार्य गरेको हो ।
नेलम्बोले ५ हजार थान स्वास्थ्य सचेतनामूलक ब्रोसर, पाँच हजार मास्क र १५ लिटर सेनिटाइजर सहयोग गरेको हा े।संस्थाका अध्यक्ष एकदेव देवकोटा, उपाध्यक्ष सरोज कोइराला, कोषाध्यक्ष अञ्जना तझ्या, कार्यक्रम संयोजक डा. किसन कोइराला र जनसम्पर्क सुपरीवेक्षक भीमप्रसाद भण्डारी सम्मिलित टोलीले उक्त सामाग्री हस्तान्तरण गरेको हा े।
कार्यक्रममा भनाई राख्दै क्लष्टर २४ का प्रमुख माधवप्रसाद पौडेलले नेलम्बोले यस विषम् परिस्थितिमा गरेको कार्यप्रति आभार जनाए । कार्यक्रम लायन्स क्लव अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->