बागलुङ, १८ भदौ– बुधबार राती बर्षापछि आएको बाढी र पहिरोका कारण घरबास तथा आफन्त गुमाएका परिवारलाई नेपाली काग्रेस बागलुङले राहत वितरण गरेको छ । कांग्रेस क्षेत्र न. २ कमिटि बागलुङले बोबाङका बाढीपहिरो पीडितलाई १ लाख ९१ हजार रुपैयाँ बराबरको खाद्यान्न लत्ता कपडा लगायतका समग्री सहयोग गरेको हो । कांग्रेसका महाधिवशन प्रतिनिधि जित शेरचन, क्षेत्रीय पार्टी सभापति दोर्ण कुँवर, कंग्रेस नेता अर्जुन शेरचन र तरुण दलका नेता देवेन्द्र घर्ति मगरको नेतृत्वको टोलिले काठमाण्डौबाट हेलकप्टरमा आएर राहात सामग्री वितरण गरेका हुन् । उनिहरुले ७१ बोरा चामल, दुई केजीका दरले दाल, नुत, तेल, ४१ वटा त्रिपाल, ५१ घर परिवारलाई प्रतिपरिवार एकरएक हजार र अभिभावक गुमाएका दुई बालकलाई पाँचरपाँच हजार रुपैयाँका दरले १ लाख ९१ हजार रुपैयाँ ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरिपुनलाई हस्तान्तरण गरेको एक नेताले बताए ।





