बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिशुवा अस्पतालमा शल्यक्रियासहितको प्रसुति सेवा

शिशुवा अस्पतालमा शल्यक्रियासहितको प्रसुति सेवा


  • ढोरपाटन संवाददाता
  • भाद्र १९ २०७७, शुक्रबार

पोखरा, १९ भदौ– पोखरा महानगरपालिकाअन्र्तगत लेखनाथको शिशुवा अस्पतालमा बिहीबार पहिलोपटक शल्यक्रियासहितको प्रसुति सेवा उपलब्ध गराइएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेशसिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल शल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल शल्यक्रिया गरी प्रसुती गराइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रतिभा कोइरालाले जानकारी दिइन् । अस्पतालबाट यसअघि सामान्य सुत्केरी सेवा उपलब्ध हुँदै आएकोमा अबदेखि शल्यक्रियामार्फत् पनि प्रसुती सेवा सुरु भएको कोइरालाले बताइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->