बागलुङ, १९ भदौ– भदौ १७ गते बुधबार रातीको बाढीपहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये थप एक जनाको सनाखत भएको छ । पछिल्लो पटक शवको सनाखत हुनेमा ढोरपाटन नगरपालिका–९ की ३२ वर्षिया करमति बुढा रहेका छन् । यसैसंगै शव भेटिएका ७ जनाको सनाखत भएको छ ।
पहिरोमा परी २४ जना बेपत्ता छन् । प्रहरीले बेपत्ताहरुको खोजीका लागि प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा १५ जनाको समुह भुजीखोला र बडिगाड खोलामा खटाएको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले समेत खोजी गरिरहेको भएपनि हालसम्म बेपत्ता कोही पनि नभेटिएको रेग्मीले बताए ।





