पोखरा, २० भदौ – गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा स्याङ्जा र नवलपुरका १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यीसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।
बागलुङमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मी एक जना २९ बर्षिय पुरुष, तमानखोला गाउँपालिकामा एक जना २६ बर्षिय महिला र बडिगाड गाउँपालिकामा एक जना २७ बर्षिय पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका प्रहरी काठमाडौंमा तालिम सम्पन्न गरि केहि दिन अगाडी बागलुङ आएका हुन् । उनी प्रहरीकै क्वारेन्टाइनमा बसेका थिए । संक्रमितलाई धौलागिरी बहिरा आवासिय माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
तमानखोला गाउँपालिकाकी २६ बर्षिय महिला भदौ १४ गते संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी र व्यवसायी महिलाको कन्ट्याक टे«सिङमा परेकी हुन् । संक्रमितको कन्ट्याक टे«सिङमा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बडिगाड गाउँपालिकाका संक्रमित भारतदेखि आइ क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन् ।





