बागलुङ, २० भदौ – ढोरपाटनको भूजीखोलामा आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शनिबार दिउसो १ बजे बडिगाड गाउँपालिका- ५ न्वारस्थित बडिगाडखोलाको किनारमा एक शव फेला पारेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।
त्यो शवको पहिचान हुन् भने सकेको छैन् । शब अन्दाजी २४/२५ वर्षको पुरुषको जस्तो भएको प्रहरी निरीक्षक भण्डारीले वताए । शवलाई खोलाको किनारबाट निकाली प्राथमिकक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको छ । बाढी पहिरोमा परी अझै २२ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरी टोली खटिरहेको छ ।





