बागलुङ, २० भदौ– २६ दिनसम्म आइसोलेसनमा बसेका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे शनिबार डिस्चार्ज भएका छन् । उनको पोखरामा गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गराएको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।
घिमिरे संक्रमणपछि आँफै खुलेर कोरोनाबारे जानकारी दिने स्वास्थ्यकर्मी हुन् । उनले आइसोलेसनमा बसेर पनि सूचना प्रवाहमा निरन्तर काम गरेका थिए । आइसोलेसनमा बसेकै बेला घिमिरेलाई टाइफाइड भएकोले निको हुन ढिला भएको थियो ।





