आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काठेखोलाका तीन जनामा कोरोना संक्रमण

काठेखोलाका तीन जनामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७७, आइतबार

बागलुङ, २१ भदौ– बागलुङको काठेखोला गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आइतबार काठेखोला गाउँपालिका वडा नं. ६ का ४६ वर्षिया एक महिला, २१ वर्षिय पुरुष र वडा नं. १ का २७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
काठेखोला–६ की महिला र पुरुष होटल व्यवसायी हुन् । भदौ १४ गते गाउँपालिकाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्याक टे«सिङमार्फत पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । गाउँपालिकाको वडा नं. ६ मा सिल गरि कन्ट्याक टे«सिङ गरिने गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिए । यस्तै काठेखोला गाउँपालिका वडा नं. १ का संक्रमण देखिएका पुरुष भारतदेखि आएर क्वारेन्टाइनमा बसेको हुन् । संक्रमित सवैलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->