आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पताल तोकियो

काठमाडौंको वीर अस्पताललाई कोरोना अस्पताल तोकियो


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७७, आइतबार

काठमाडौं, २१ भदौ – काठमाडौंको वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  वीर अस्पताललाई कोरोना अस्पताल तोकिएको जानकारी दिए । उनका अनुसार  उक्त अस्पतालमा उपचाररत बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारेर उपचार गरिने छ । यसअघि उपत्यकामा कोरोना अस्पताल नै भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तोकिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->