मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

निजामती सेवा दिवसमा बागलुङ प्रशासनकी सरस्वती पुरस्कृत

निजामती सेवा दिवसमा बागलुङ प्रशासनकी सरस्वती पुरस्कृत

नागरिकता लिन आएका पहिलो सेवाग्राही महिला र पुरुष सम्मानित


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७७, सोमबार

पुरस्कृत श्रेष्ठलाई प्रशासन कार्यालयमा सम्मान गर्दै प्रजिअ सुरेश न्यौपाने । तस्वीर : अर्जुन ढकाल

बागलुङ, २२ भदौ – निजामती सेवा दिवसमा जिल्ला प्रशासन कार्यालय बागलुङका कर्मचारी सरस्वती कुमारी श्रेष्ठ पुरस्कृत भएकी छिन् । उत्कृष्ठ कार्य सम्पादन गरेवापत नेपाल सरकारले प्रदान गर्ने उत्कृष्ठ निजामती पुरस्कार श्रेष्ठले प्राप्त गरेकी हुन् । उनी श्रेष्ठ जिल्ला प्रशासनमा कार्यालय सहयोगी पदमा कार्यरत छिन् ।
जिल्ला प्रशासन कार्यालयले सोमवार उनलाई सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले उनलाई खादा ओढाएर सम्मान गरे । उनलाई सम्मान गर्दै प्रजिअ न्यौपानेले श्रेष्ठले पुरस्कार प्राप्त गर्दा सिंगो प्रशासन कार्यालय नै पुरस्कृत भएको आफुले महशुस गरेको वताए । सरकारले प्रत्येक बर्ष निजामती सेवा दिवसको अवसरमा सर्वोकृष्ठ निजामती पुरस्कार १० जनालाई र उत्कृष्ठ निजामती पुरस्कार ३० जनालाई प्रदान गर्ने गर्दछ ।आफ्नो कार्यालय परिसर सरसफाई गर्दै जिल्ला प्रशासन कार्यालयका कर्मचारी । तस्वीर : अर्जुन ढकाल

निजामती सेवा दिवस २०७७ ‘स्वच्छ र सक्षम प्रशासन : समृद्धि र सुशासन’ नाराका साथ आईतवार र सोमवार दुई दिवस कार्यक्रमसाथ मनाइएको प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्रराज पन्तले वताए । सो अवसरमा जिल्लाका सवै सरकारी कार्यालयले कार्यालय परिसरमा सरसफाई, वृक्षा रोपण र सेवाग्राहीलाई सम्मान गरेर मनाइएको छ ।
सूचना अधिकारी पन्तका अनुसार प्रशासन कार्यालयले धुपी र अमलाका विरुवा रोपण गरी कार्यालय परिसरमा सरसफाई गरिएको छ । कार्यालयमा सेवा लिन आएका पहिलो सेवाग्राही एक महिला र पुरुषलाई सोमवार खादा ओढाई सम्मान पनि गरिएको छ । उनीहरु नेपाली नागरिकता लिन आउने पहिलो सेवाग्राही हुन । वेलुका दिपावली गरेर दिवसको समापन गरिने पन्तले वताए । जिल्ला प्रशासन कार्यालयका पहिलो सेवाग्राही सम्मानपछि प्रजिअसंग । तस्वीर : अर्जुन ढकाल

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->